काठमाडौँ- सुनको मूल्यमा आज पनि घटेको छ। सुनको भाउ आज तोलामा ८ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ ३ लाख ६ हजार १ सयमा झरेको थियो। गएको आइतबार एकैदिन तोलामा ९ हजार ५ सय घटेको सुनको भाउ सोमबार तोलामा २ हजार ४ सय घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको थियो।
शुक्रबार सुनको भाउ तोलामा २ हजार ४ सय र बिहीबार पनि १ हजार २ सय रुपैयाँ घटेको थियो। सुनको भाउ आजसहित ५ दिनमा २४ हजार ८ सय रुपैयाँ घटिसकेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ५ सय ८० रुपैयाँमा झरेको छ। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


