साउदी अरबको लडाकु विमान खसालेको हुथी विद्रोहीको दाबी

हिमाल प्रेस ३१ भदौ २०८३ १६:५२ | Wednesday, September 16, 2026
साउदी अरबको लडाकु विमान खसालेको हुथी विद्रोहीको दाबी फाइल तस्बिर : एएफपी

काठमाडौँ- यमनका हुथी विद्रोहीले एक साउदी लडाकु विमान खसालेको दाबी गरेका छन्।

उनीहरूले विमानलाई निशाना बनाउन ‘स्वदेशमै निर्मित’ हतियारको प्रयोग गरिएको पनि बताएका छन्।

यमनी सशस्त्र बलले मारिब प्रान्तको आकाशमा साउदीको एक एफ–१५ लडाकुन विमान खसाल्न सफल भएको हुथी लडाकुका प्रवक्ता याह्या सारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

सारीले लडाकु विमानलाई ‘स्वदेशमै निर्मित हावाबाट हावामा प्रहार गर्ने मिसाइल प्रयोग गरी निशाना बनाइएको’ बताएका छन्।

हुथी लडाकुहरूले मक्का सहरलाई निशाना बनाएर आक्रमण गरेको साउदी अरबले लगाएको आरोप उनले अस्वीकार गरेका छन्।

उनले भने,‘हाम्रा अभियान तेल र सैन्यस्थलतर्फ मात्र लक्षित छन्।’

साउदी अरबको एयर डिफेन्स सिस्टमले यमनको हुथी समूहका तर्फबाट प्रहार गरिएको एक ड्रोनलाई मक्काको प्रतिबन्धित आकाशमा प्रवेश गर्नुअघि नै रोकेर नष्ट गरेको केहीअघि बताएको थियो।

जुलाईमा यमनमा गृहयुद्ध फेरि भड्किएयता हुथी हतियारधारी समूह साउदी अरब समर्थित यमनी सरकारी सेनासँग नयाँ तरिकाले भिडन्तमा लागेको छ।

प्रकाशित: ३१ भदौ २०८३ १६:५२ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast