१ लाख २९ हजार ११८ जनाले हेरे ‘पेन्सन पट्टा’, ‘कुल ब्वाय’को ‘बेहुली’ले कति कमायो?

हिमाल प्रेस ५ असोज २०८३ १२:४० | Monday, September 21, 2026
10
SHARES
१ लाख २९ हजार ११८ जनाले हेरे ‘पेन्सन पट्टा’, ‘कुल ब्वाय’को ‘बेहुली’ले कति कमायो?

काठमाडौँ- फिल्म ‘पेन्सन पट्टा’ले पहिलो साता साढे तीन करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डका अनुसार पेन्सन पट्टाको आम्दानी ३ करोड ७९ लाख ७६ हजार ०४७ रुपैयाँ ग्रस कलेक्सन रहेको छ । यो अवधिमा फिल्मलाई १ लाख २९ हजार ११८ जनाले हेरेका छन् ।

माओत्से गुरुङको निर्देशित फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ ।

‘पेन्सन पट्टा’सँगै प्रदर्शनमा आएको फिल्म ‘बेहुली’ले भने पहिलो साता २ करोड ६८ लाख २८ हजार ५२९ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा फिल्मलाई ९४ हजार ८८५ जनाले हेरेका छन्।

सशान कँडेल निर्देशित ‘बेहुली’ प्रेम र पारिवारिक कथामा निर्माण भएको हो । अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको फिल्ममा पारस बम ठकुरी ‘कुल ब्वाइ’ दिव्या रायमाझी, सुशान्त कार्की, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित: ५ असोज २०८३ १२:४० | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast