माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को फर्स्ट लुक सार्वजनिक, दयाहाङ-गौमाया मुख्य भूमिकामा

हिमाल प्रेस १५ असार २०८३ १२:३० | Monday, June 29, 2026
4
SHARES
माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को फर्स्ट लुक सार्वजनिक, दयाहाङ-गौमाया मुख्य भूमिकामा

काठमाडौँ- माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। असार १५ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्मका प्रचार सुरु गरेको छ।

सार्वजनिक पोस्टरले फिल्मको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढंगले चित्रण गरेका छन्। पहिलो पोस्टरमा दयाहाङ राई र गौमाया गुरुङ गाउँको परिवेशमा प्रस्तुत छन्। दोस्रो पोस्टरमा दुवै कलाकार हात समातेर झरनाको बाटो हुँदै यात्रा गरिरहेका देखिन्छन्। तेस्रो पोस्टरमा दयाहाङ सैनिक पोसाकमा प्रस्तुत छन् । गौमाया परम्परागत गुरुङ पहिरनमा देखिएकी छन्।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मले आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने प्रयासको कथा प्रस्तुत गर्ने निर्देशक गुरुङले बताएका छन्।फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पशुपति राईलगायतको अभिनय छ।

प्रकाशित: १५ असार २०८३ १२:३० | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast