मोती वर्ष युवा पुरस्कार इन्द्र चौधरीलाई

हिमाल प्रेस २८ भदौ २०८३ १०:४५ | Sunday, September 13, 2026
मोती वर्ष युवा पुरस्कार इन्द्र चौधरीलाई

काठमाडौँ- राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्तीको अवसरमा प्रदान गरिने ‘मोती वर्ष युवा पुरस्कार २०८३’ बाट युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई प्रदान गरिएको छन्।

कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा आयोजित राष्ट्रिय विभूति मोतीराम भट्टको १६१औँ जन्मजयन्ती तथा राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित मोती वर्ष युवा पुरस्कार-२०८३ प्रदान समारोहमा चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

राष्ट्रिय युवा सेवा कोषले चौधरीलाई बधाई दिँदै साहित्यिक क्षेत्रमा उनको योगदानको प्रशंसा गरेको छ।

पुरस्कार ग्रहणपछि चौधरीले राष्ट्रिय विभूति मोतीराम भट्टको स्मृतिमा प्रदान गरिने प्रतिष्ठित सम्मान प्राप्त गर्नु आफ्ना लागि गौरवको विषय भएको बताए।

उनले यो सम्मानले आगामी दिनमा नेपाली तथा थारू भाषा र साहित्यको उन्नयनमा थप ऊर्जा र हौसला मिलेको बताए।

चौधरीले आफू थारू समुदायबाट यो पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति भएको भन्दै राष्ट्रिय युवा सेवा कोष र आयोजक नेपाली शिक्षा परिषद्प्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित: २८ भदौ २०८३ १०:४५ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast