काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना कम छ।
मंगलबार दिउँसो देशभर आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित: १३ असोज २०८३ ६:१९ | Tuesday, September 29, 2026
प्रतिक्रिया



