राष्ट्रसंघमा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : रेग्मी

हिमाल प्रेस ३१ भदौ २०८३ १५:१७ | Wednesday, September 16, 2026
राष्ट्रसंघमा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : रेग्मी

काठमाडौँ- रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद रेग्मीले प्रधानमन्त्रीको आसन्न राष्ट्रसंघ महासभा भ्रमणमा नेपालले क्षतिपूर्ति माग्ने शैलीमा भन्दा पनि वैज्ञानिक तथ्य र डेटाका आधारमा संसारलाई नै नेतृत्व गर्दै जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्ने बताएका हुन्।

नेपालसँग जलवायु परिवर्तनका कारण हिमताल र हिमनदी पग्लिरहेको यथेष्ट प्रमाण रहेको उनले बताए। उनले इसिमोडलगायत अमेरिका, चीन, र भारतका सरकारी लगानीका विश्वविद्यालय तथा इन्स्टिच्युटका ‘पियर–रिभ्युड’ जर्नलहरूले समेत हिन्दुकुश हिमालय क्षेत्रमा तापक्रम वृद्धि भएर हिउँ पग्लने दर उच्च भएको पुष्टि गरेको उल्लेख गरे।

नेपालका विश्वविद्यालय, इसिमोड र अनुसन्धान संस्थाहरूका वैज्ञानिक डेटालाई एकीकृत गरी एउटै बलियो राष्ट्रिय धारणा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न उनले सरकारलाई सुझाव दिए।

प्रकाशित: ३१ भदौ २०८३ १५:१७ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast