नागढुंगा-नौबिसे सडक अवरुद्ध

हिमाल प्रेस १७ भदौ २०८३ ११:३१ | Wednesday, September 2, 2026
नागढुंगा-नौबिसे सडक अवरुद्ध

काठमाडौँ- नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ। धादिङको सडक विभागका अनुसार नागढुंगा नजिकै पातले वनमा सडक भासिएको हो। विभागका इन्जिनियर अर्जुनप्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ।

सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्रै यो रुटमा चल्न दिइएको उनले बताए। यो रुट भएर आउने अन्य गाडीहरूलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको उनको भनाइ छ।

सडकको पर्खाल पुरानो भएका कारण सडक भासिएको हुन सक्ने उनको भनाइ छ। विभागबाट अहिले प्राविधिक टोली भासिएको ठाउँमा गइसकेको उनको भनाइ छ।

प्रकाशित: १७ भदौ २०८३ ११:३१ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast