रसुवा बाढीमा बेपत्ताको पहिचान गर्न प्रहरी अस्पतालमा डीएनए परीक्षण सुरु

हिमाल प्रेस १७ भदौ २०८३ १२:२१ | Wednesday, September 2, 2026
रसुवा बाढीमा बेपत्ताको पहिचान गर्न प्रहरी अस्पतालमा डीएनए परीक्षण सुरु

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीमा बेपत्ता भएका तथा चिन्न नसकिएका शवहरूको पहिचानका लागि नेपाल प्रहरीले आफन्तहरूको रगत संकलन गरी डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।

नेपाल प्रहरी अस्पताल, पानीपोखरीमा सञ्चालन गरिएको डीएनए नमुना संकलन अभियानअन्तर्गत बुधबार दिउँसो १२ बजेसम्म ७८ जनाको रगत संकलन गरिएको प्रहरीले जनाएको छ।

संकलित नमुनामध्ये ६५ जना नेपाली र १३ जना विदेशी नागरिकका आफन्तका नमुना रहेका छन्।

बाढीमा बेपत्ता भएकाहरूको शव फेला परे पनि धेरै शव क्षतविक्षत वा चिन्न नसकिने अवस्थामा रहेका कारण वैज्ञानिक विधिबाट पहिचान गर्न डीएनए परीक्षण सुरु गरिएको हो।

प्रहरीका अनुसार संकलित रगतका नमुनालाई फेला परेका शवबाट संकलन गरिएका जैविक नमुनासँग मिलान गरेर मृतकहरूको पहिचान गरिनेछ। यस प्रक्रियाले बेपत्ता व्यक्तिको यकिन पहिचान गर्न र परिवारलाई जानकारी गराउन सहयोग पुग्नेछ।

रसुवामा आएको भीषण बाढीले मानवीय क्षतिसँगै भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। बेपत्ता व्यक्तिको खोजी, उद्धार र शव पहिचानको काम सम्बन्धित निकायहरूले निरन्तर जारी राखेका छन्।

प्रकाशित: १७ भदौ २०८३ १२:२१ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast