यमन झडपमा ६० भन्दा बढीको मृत्यु

हिमाल प्रेस २० भदौ २०८३ १८:२८ | Saturday, September 5, 2026
यमन झडपमा ६० भन्दा बढीको मृत्यु फाइल तस्बिर : एएफपी

काठमाडौँ- यमनका साउदी–अरब समर्थित सरकारी सेना र हुथी विद्रोहीहरूबीच शनिबार भएको लडाईंमा ६० भन्दा बढीको मृत्यु भएको चिकित्सकीय र सैन्य स्रोतहरूले बताएका छन्।

झडपमा मृत्यु हुनेमा सर्वसाधारणसहित सेना र हुथी लडाकू रहेका बताइएको छ।

रेड सीको प्रवेशद्वारको नियन्त्रणका लागि यमनको दक्षिण–पश्चिममा भएको यो झडप वर्षौंमध्ये सबैभन्दा घातक लडाईं पछि आएको हो। सन् २०२२ को जुलाईमा भएको युद्धविराम भंग भएपछि यमनमा पछिल्ला केही महिना यता यस्तो स्थिति बनेको हो।

तीन यमनी सैन्य स्रोतका अनुसार देशको दक्षिण–पश्चिममा केही घण्टाको लडाईंमा २६ सरकारी सैनिक मारिएका छन् भने इरान–समर्थित हुथीहरूका चिकित्सकीय र सैन्य स्रोतले ३१ विद्रोही लडाकू मारिएको बताएका छन्।

सरकार नियन्त्रित ताइज सहरको एक चिकित्सकीय स्रोतले मिसाइल आक्रमणमा बसबाट यात्रा गर्दै गरेका ६ नागरिक मारिएको र सात अन्य व्यक्ति घाइते भएको बताएको छ।

एक सरकारी अधिकारीले ताइज र एडेनस्थित यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारको केन्द्रबीच यात्रा गर्दै गरेको बसमाथिको आक्रमणको दोष हुथीहरूमाथि लगाएका छन्।

ताइजमा एक सैन्य अधिकारीले बताएअनुसार हुथीहरूले एक दिनअघि सहर नजिकका प्रवेशस्थलहरू कब्जा गरेपछि भएको झडप ‘आउने केही समय हुने देखिएको’ छ।

अधिकारीले हुथी आक्रमणको जवाफमा एडेनबाट सहयोग थप भई आइरहेको र हुथीको यस आक्रमणको उद्देश्य सरकारी नियन्त्रित मोखा बन्दरगाह सहरलाई छुट्टयाउनु रहेको र बाब अल–मन्डब जलडमरूको सीमानातिर अघि बढ्नु हो, जसमा हप्ताौंदेखि गोलीबारी भइरहेको छ।

एएफपीले विभिन्न स्रोतबाट संकलन गरेको गणनाअनुसार शुक्रबारको लडाईंमा १२९ जनाको मृत्यु भएको थियो।

इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि बन्द गरेसँगै विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरब बाब अल–मन्डब चेकपोइन्टको तेलको पारवहन मार्गको रूपमा महत्त्वपूर्ण बनेको छ।

शनिबार एक सैन्य अधिकारीले एएफपीलाई बताएअनुसार एडेनस्थित सरकारको प्रमुख समर्थक साउदी अरबले ताइजमा हालै हुथीहरूले कब्जा गरेका स्थानहरूमाथि तीन हवाई आक्रमण गरेको छ।

विद्रोहीहरूले राजधानी सानाका लागि इरानी विमान स्वागत गरेपछि र जुलाईमा हुथी विद्रोही र यमन सरकारबीच भएको युद्धविराम उल्लंघन भएपछि आक्रमणको श्रृंखला सुरु भएको थियो।

इरान–समर्थित हुथीहरू र अमेरिका सहयोगी साउदी अरबद्वारा समर्थित सरकारी सेनाबीचको यो लडाईँले फराकिलो मध्यपूर्वी युद्धको नयाँ युद्ध मोर्चाको उदयलाई संकेत गर्छ। फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त आक्रमणपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरलाई लक्षित गरी आक्रमण गर्दै आएको छ भने इरानका धेरै क्षेत्रमा अमेरिकी आक्रमणको प्रभाव परेको छ।

इरानमाथि भएको अमेरिकी आक्रमणपछि यस क्षेत्रमा इरान निकट समूहहरू सक्रिय भएका छन्।

इरानको समर्थनमा हुथीहरूले साउदी अरबको समुद्री नाकाबन्दी पनि घोषणा गरेका छन् र त्यसका जहाज तथा क्षेत्रमाथि आक्रमण सुरु गरेका छन्।-रासस/एएफपी

प्रकाशित: २० भदौ २०८३ १८:२८ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast