परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

हिमाल प्रेस २२ भदौ २०८३ १५:३२ | Monday, September 7, 2026
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताका तर्फबाट दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका थिए।

उनले विपद्को यस दुःखद घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैगरी, परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेकोमा माल्दिभ्स सरकार तथा जनताप्रति आभार व्यक्त गरेका थिए।

टेलिफोन वार्ताका क्रममा दुवै नेताले जलवायु परिवर्तनको जोखिममा रहेको दुवै देशले सामना गरिरहेका साझा चुनौती र तिनको समाधानका बारे छलफल गरेका थिए।

उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवद्र्धनका पक्षमा अझ समन्वयसहित सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

प्रकाशित: २२ भदौ २०८३ १५:३२ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast