विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले लिए शपथ, निष्ठापूर्वक काम गर्न निर्देशन

हिमाल प्रेस ७ असोज २०८३ १२:३२ | Wednesday, September 23, 2026
विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले लिए शपथ, निष्ठापूर्वक काम गर्न निर्देशन

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार विहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

उक्त अवसरमा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिए । उनले मन्त्रालयका निकायहरुसँग उच्च समन्वय गर्न पनि सुझाए। भोटेकोशी बाढीको चुनौतीपूर्ण समयमा कायम मुकाय कार्यकारी निर्देशकको रुपमा सफल कार्यसम्पादन गरेकामा मन्त्री श्रेष्ठले धन्यवाद पनि दिए ।

मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो।

प्रकाशित: ७ असोज २०८३ १२:३२ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast