उद्धार गरिएका चिनियाँलाई नेपाली सेनाको ब्यारेकतर्फ लगिँदै। तस्बिर सौजन्य : नेपाली सेना
काठमाडौँ- भोटेकोशी बाढीका कारण प्रभावित रसुवाको माथिल्लो त्रिशूली १ को अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको शनिबार उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि उक्त सुरुङबाट ती व्यक्तिलाई उद्धार गरेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताएका छन्।
उनलाई उद्धार गरेर नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकतर्फ लगिएको छ। ती चिनियाँ आयोजनामा कुन काममा संलग्न रहेको भन्ने खुल्न बाँकी छ। बाढी पसेको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि सुरक्षाकर्मी निरन्तर खटिरहेको रसुवा प्रशासनले जनाएको छ।
प्रकाशित: २० भदौ २०८३ १३:४४ | Saturday, September 5, 2026
प्रतिक्रिया


