काठमाडौँ- सरकारले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ।
भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएकाहरूको सम्मानमा आज भदौ २२ गते १३ औँ दिन पुण्यतिथि पारेर राष्ट्रिय शोक घोषणा गरेको हो।
यस क्रममा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।आज सार्वजनिक बिदा भने होइन।
प्रकाशित: २२ भदौ २०८३ ६:२२ | Monday, September 7, 2026
प्रतिक्रिया


