भोटेकोशी बाढी : मृतकको संख्या १३ सय २५ पुग्यो, १ हजार ३० शवलाई जमिनमुनि व्यवस्थापन गरियो

हिमाल प्रेस २० भदौ २०८३ ६:२९ | Saturday, September 5, 2026
भोटेकोशी बाढी : मृतकको संख्या १३ सय २५ पुग्यो, १ हजार ३० शवलाई जमिनमुनि व्यवस्थापन गरियो

काठमाडौँ-  गत भदौ १० मा रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको छ। नेपाल प्रहरीका अनुसार ५२२ पुरुष, ३२१ महिला र आंशिक अंग ४८२ जनाको शव भेटिएको हो।

पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडिएको छ। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी ८ हजार ८९८ जना सम्पर्कविहीन छन्।

अहिलेसम्म १२६० मृतकको डीएनए संकलन गरिएको छ। त्यस्तै मृतकका आफन्त ८४६ जनाको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित: २० भदौ २०८३ ६:२९ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast