भोटेकोशी बाढी : एउटै घरमा २४ शव, खुलेन पहिचान

हिमाल प्रेस १६ भदौ २०८३ ९:२२ | Tuesday, September 1, 2026
भोटेकोशी बाढी : एउटै घरमा २४ शव, खुलेन पहिचान

काठमाडौँ- गत भदौ १० को भोटेकोशी बाढीले धेरैको जनधन क्षतविक्षत पार्‍यो। बिहान ९ बजे आसपासमा आएको आकस्मिक बाढीले धेरैलाई बिचल्नी बनायो भने धेरै बेपत्ता छन्। अहिले पनि बेपत्ताको खोजीकार्य जारी छ। बेपत्ताको खोजी गर्ने क्रममा  नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार सोमबार एउटै घरभित्र २४ वटा शव फेला परेको हो। ‘एउटै घरमा धेरै शव छन्। तीर्थयात्री हुन सक्छ।’ उनले भने।

सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको १३ शव, पुरुषको ११ र एक बच्चाको शव भेटिएको हो ।

यही भदौ १० गते गएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति गरेको छ। हिजोसम्म ९ सयभन्दा बढीको शव फेला परिसकेको छ। हजारौंको संख्यामा मानिसहरू सम्पर्कविहीन छन्। सम्पर्कविहीन भएकाहरूको खोजी कार्य जारी छ। नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन्। रसुवाको विभिन्न स्थानमा भएको जलविद्युत आयोजनामा भएका सुरुङमा फसेकाहरूको उद्धार कार्य अजै पनि भइरहेको छ।

प्रकाशित: १६ भदौ २०८३ ९:२२ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast