खाजा खर्च कटाएर भागीरथ माविका विद्यार्थीद्वारा बाढीपीडितलाई सहयोग

हिमाल प्रेस १८ भदौ २०८३ १३:४० | Thursday, September 3, 2026
खाजा खर्च कटाएर भागीरथ माविका विद्यार्थीद्वारा बाढीपीडितलाई सहयोग

काठमाडौँ- मोरङको पथरी शनिश्चरे-४ स्थित भागीरथ माध्यमिक विद्यालयमा गठित नेपाल युवा रेडक्रस सर्कलको नेतृत्वमा विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर रसुवा, धादिङ र नुवाकोटका बाढीपीडितहरूका लागि १३ हजार ६ सय ४५ रुपैयाँ सहयोग गरेका छन्।

बालबालिकाहरूले दुई-तीन दिनको व्यक्तिगत खर्च बचाएर सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।

विद्यालयकी प्रधानाध्यापक जानकी चेम्जोङ, सहायक प्रधानाध्यापक शैलेन्द्र बस्नेत र शिक्षक चेतनाथ पौडेलले विद्यार्थीहरूको यो मानवीय र परोपकारी कदमको प्रशंसा गर्दै यस्ता अभियानले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, सेवाभाव र जिम्मेवार नागरिक बन्ने संस्कारको विकास हुने बताएका छन्।

रेडक्रस सर्कलका अध्यक्ष सागर नेपालीले सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सामाजिक र विपद् व्यवस्थापनका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: १८ भदौ २०८३ १३:४० | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast