मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु, २९ वर्षीय चालक नियन्त्रणमा

हिमाल प्रेस ३० भदौ २०८३ ११:५४ | Tuesday, September 15, 2026
मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु, २९ वर्षीय चालक नियन्त्रणमा

काठमाडौँ-  पूर्व-पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका २ झिलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका २ निवासी भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका लेखराजको टाउको र छातीमा चोट लागेको थियो । उनको माया मेट्रो अस्पताल, धनगढीमा उपचारको क्रममा बिहान ९: २० बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन्। मिनी ट्रकका चालक जिल्ला कैलाली, लम्कीचुहा नगरपालिका –०२ बस्ने २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित: ३० भदौ २०८३ ११:५४ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast