कति छ विदेशी मुद्राको विनिमय दर?

हिमाल प्रेस १७ साउन २०८३ ६:०९ | Sunday, August 2, 2026
6
SHARES
कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ।

हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको भाउ घटेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य बढेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा छ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ९८ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ।

प्रकाशित: १७ साउन २०८३ ६:०९ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast