फाइल तस्बिर।
काठमाडौँ- बाढीपहिरोको कारण आज पनि देशका केही राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज विभिन्न सडक खण्डका १० ठाउँमा राजमार्ग पूर्णरूपमा अवरुद्ध छ भने चार ठाउँमा सडक एकतर्फी छ।
आज इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्तीलोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली-मैलुङ सडक, नुवाकोटमा टोखा- छहरे सडक, लमजुङमा बेँसीसहर-मनाङ सडक, रुकुमपश्चिममा जाजरकोट-डोल्पा सडक र मुगुमा नाग्म-गमगडी सडक खण्ड बाढी पहिरोले पूर्णरुपमा अवरुद्ध छ।
बागलुङमा कालीगण्डकी करिडोर सडक र बाग्लुङ बेनी सडक, मुस्ताङमा मुस्ताङ-कोरला सडक र भोजपुरमा मध्यपहाडी राजमार्गमा एकतर्फी मात्रै गाडी चलेका छन्।

प्रकाशित: ३ भदौ २०८३ ८:२० | Wednesday, August 19, 2026
प्रतिक्रिया


