फाइल तस्बिर।
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, भारतीय ठूलो गोलभेँडा ६५, सानो टनेलको गोलभेँडा ३०, रातो आलु लाम्चो ४९, भारतीय सुकेको प्याज ५५, लोकल गाँजर ११०, लोकल बन्दा ३५, स्थानीय काउली ९०, हाइब्रिड मुला १७, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी ६५, मकै बोडी ९५, करेला ४५, लौका ४५, लोकल परबल ५५, घिरौँला ३५, हरियो डल्ले फर्सी ४८, पाकेको फर्सी ५५, स्कुस ४५, रायोको साग १२५, पालुंगोको साग २२५, कन्य च्याउ २७०, डल्ले च्याउ ४२५, कुरिलो ४५० रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ५५, भारतीय ठूलो गोलभेँडा ६५, सानो टनेलको गोलभेँडा २८, रातो आलु लाम्चो ४९, भारतीय सुकेको प्याज ५५, लोकल गाँजर ११०, लोकल बन्दा ३५, स्थानीय काउली ८६, हाइब्रिड मुला १२, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तनेबोडी ५५, मकै बोडी ९५, करेला ४५, लौका ४५, लोकल परबल ५५, घिरौँला ३५, हरियो डल्ले फर्सी ५५, पाकेको फर्सी ५५, स्कुस ४५, रायोको साग १३३, पालुंगोको साग २३३, कन्य च्याउ २६०, डल्ले च्याउ ४७५, कुरिलो ४५० रुपैयाँ प्रतिकिलो थियो।
हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची



