सिरहाबाट पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

हिमाल प्रेस २० साउन २०८३ १३:१५ | Wednesday, August 5, 2026
6
SHARES
सिरहाबाट पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

जनकपुरधाम- सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित सलोखरी, दास टोलबाट तीन जनालाई पक्राउ गरिएको छ।

गएराति फूलबारीबाट गाउँतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पेस्तोल र म्याग्जिनसहित सिरहाको लहान नगरपालिका २२ निवासी २१ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका-६ निवासी २० वर्षीय सारबजित दासलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए।

प्रकाशित: २० साउन २०८३ १३:१५ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast