काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँसहित देशका ३५ जिल्ला र आसपासका ससाना नदीहरूमा आकस्मिक बाढी आउने र जोखिम हुने सम्भावना छ।
बाढी महाशाखाले बुलेटिन जारी गरी भनेको छ, ‘आज झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
प्रकाशित: २४ साउन २०८३ ८:४६ | Sunday, August 9, 2026
प्रतिक्रिया


