काठमाडौँ- ‘झिँगेदाउ २’को टिजर सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक टिजरमा ‘झिँगेदाउ’ मै जस्तो घरायसी घटपटलाई देखाइएको छ। फिल्ममा आँचल शर्मा र केकी अधिकारी देउरानी जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल विष्ट दाजुभाइको भूमिकामा देखिएका छन्।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमा आगामी असोज २ गतेदेखि प्रदर्शन हुँदै छ। फिल्ममा केकी, आँचल, महेश र कुशल बिष्टसहित सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापालगायतले अभिनय गरेका छन्।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । सिनेमामा सुलभ प्रतीक देउजा र समिक्षा देउजाको लगानी गरेका छन्।
१ मिनेट ५१ सेकेन्डको टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी र जेठानीबीचको घरझगडा छ।


