घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस २५ साउन २०८३ ११:१२ | Monday, August 10, 2026
12
SHARES
घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य घट्दा चाँदीको भाउ बढेको छ ।

आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै सोमबार छापावाल सुनको मूल्य ३ लाख १ हजार ५०० रुपैयाँमा झरेको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढे ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्य २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँ पुगेको थियो ।

प्रकाशित: २५ साउन २०८३ ११:१२ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast