सरकारले सार्वजनिक गर्‍यो कर्मचारीको नयाँ तलब, ग्रेड र भत्ता, कसको कति? (सूचीसहित)

हिमाल प्रेस २१ साउन २०८३ १२:११ | Thursday, August 6, 2026
42
SHARES
सरकारले सार्वजनिक गर्‍यो कर्मचारीको नयाँ तलब, ग्रेड र भत्ता, कसको कति? (सूचीसहित) प्रतिकात्मक तस्बिर

काठमाडौँ- सरकारले नयाँ आर्थिक वर्षदेखि लागू भएको राष्ट्रसेवक कर्मचारीहरूको संशोधित तलबमान, ग्रेड तथा सुविधाको विवरण सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयहरूलाई नयाँ तलब, ग्रेड र मासिक प्रोत्साहन भत्तासहितको दररेट लागू गर्न परिपत्र जारी गरेको हो।

नयाँ व्यवस्था अनुसार निजामती सेवाको सबैभन्दा उच्च पद मुख्य सचिवको मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ।

मुख्य सचिवको सुरु स्केल ८४ हजार ९३२ रुपैयाँ रहनेछ भने त्यसमा अधिकतम दुई ग्रेड थपिने व्यवस्था गरिएको छ। नेपाली सेनाका प्रधान सेनापतिको तलब पनि मुख्य सचिव सरह नै निर्धारण गरिएको छ।

त्यस्तै, विशिष्ट श्रेणी (सचिव) को कुल मासिक तलब ८४ हजार ५७६ रुपैयाँ कायम गरिएको छ। अवकाश प्राप्त सचिवहरूले मासिक ६६ हजार ५३९ रुपैयाँ पेन्सन प्राप्त गर्नेछन्।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक, स्वास्थ्य सेवाका १२औँ तहका अधिकृत तथा संसद् सेवाका सचिवको पदको तलब पनि निजामती सेवाका सचिवसरह कायम गरिएको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयले निजामती सेवाका अतिरिक्त स्वास्थ्य सेवा, सामुदायिक विद्यालय, संसद् सेवा, स्थानीय तहलगायत विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारीहरूको तलब, ग्रेड तथा भत्तासमेत नयाँ व्यवस्थाअनुसार निर्धारण गरेको छ।

प्रकाशित: २१ साउन २०८३ १२:११ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast