गरिमा मृत्यु प्रकरण : आरोपितको बयान सार्वजनिक गर्ने प्रहरी पक्राउ

हिमाल प्रेस ८ भदौ २०८३ १५:३७ | Monday, August 24, 2026
गरिमा मृत्यु प्रकरण : आरोपितको बयान सार्वजनिक गर्ने प्रहरी पक्राउ

काठमाडौँ- बारा जितपुर सिमरा निवासी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरको बयान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयको बयान कक्षभित्रै खिचिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि अनुसन्धानका लागि ती प्रहरीलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेले किशोरले बयान दिएको भिडियो सार्वजनिक गरेको आरोपमा एक जना प्रहरीलाई नियन्त्रणमा लिएको जानकारी दिए।

‘आरोपितसँग लिएको बयान सार्वजनिक गर्न मिल्दैन, यसमा के भएको हो, कसरी भएको हो, अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘एक जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएका छौँ। केही बेरपछि थप विवरण आउँछ।’

किशोरको बयान चलिरहेका बयान कक्षभित्र खिचिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

प्रहरीका अनुसार किशोरको बयान खिच्ने समूहमा पाँच जना प्रहरी देखिएका छन्। किशोरले दिएको बयानकै आधारमा प्रहरीले घटनामा संलग्न भएको आशंकामा थप एक जनालाई पक्राउ परेको छ।

प्रकाशित: ८ भदौ २०८३ १५:३७ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast