काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा नियमावलीको दशौँ संशोधनमार्फत लागू गरिएको सरुवा व्यवस्थालाई अव्यावहारिक भन्दै त्यसमा संशोधन गर्न माग गरेको छ।
शुक्रबार मन्त्रालयमा बुझाइएको ध्यानाकर्षण पत्रमा नयाँ शिक्षकलाई परीक्षणकाल सकिएपछि आवश्यकताअनुसार सरुवा हुन पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘नयाँ शिक्षकलाई सहज सरुवाको अधिकारबाट वञ्चित गर्नु उचित होइन।’
महासंघले वर्तमान व्यवस्थाले युवा शिक्षकको मनोबल कमजोर बनाएको दाबी गरेको छ।
प्रकाशित: ७ भदौ २०८३ ११:२४ | Sunday, August 23, 2026
प्रतिक्रिया


