शिक्षा बजेट २० प्रतिशत बनाउन शिक्षक महासंघको माग

हिमाल प्रेस ७ भदौ २०८३ ११:०८ | Sunday, August 23, 2026
शिक्षा बजेट २० प्रतिशत बनाउन शिक्षक महासंघको माग

काठमाडौँ- नेपाल शिक्षक महासंघले कुल राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न सरकारसँग माग गरेको छ।

शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरिएको ५४ बुँदे मागपत्रमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पर्याप्त बजेट आवश्यक रहेको उल्लेख गरिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘गुणस्तरीय शिक्षा चाहिने हो भने शिक्षामा लगानी बढाउनैपर्छ।’

महासंघले निःशुल्क शिक्षा, छात्रवृत्ति वृद्धि, विद्यालय पूर्वाधार सुधार, निःशुल्क इन्टरनेट र खानेपानीको व्यवस्थासमेत माग गरेको छ।

प्रकाशित: ७ भदौ २०८३ ११:०८ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast