२१ दिनभित्र माग सम्बोधनमा पहल नभए आन्दोलनमा जाने शिक्षक महासंघको घोषणा

हिमाल प्रेस ७ भदौ २०८३ ११:०५ | Sunday, August 23, 2026
२१ दिनभित्र माग सम्बोधनमा पहल नभए आन्दोलनमा जाने शिक्षक महासंघको घोषणा

काठमाडौँ- नेपाल शिक्षक महासंघले आफ्ना मागमा सरकारले २१ दिनभित्र सकारात्मक पहल नगरे आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा ५४ बुँदे मागपत्रसहित ध्यानाकर्षण पत्र दर्ता गरेको हो।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरूका मागलाई हल्का रूपमा नलिई गम्भीरतापूर्वक समाधान खोजिनुपर्ने बताए।

महासंघले आन्दोलनबाट उत्पन्न हुने जटिलताको जिम्मेवारी मन्त्रालयकै हुने बताएको छ।

मागपत्रमा अस्थायी शिक्षकको स्थायीकरणदेखि शिक्षकको मर्यादाक्रम कार्यान्वयनसम्मका विषय समेटिएका छन्।

प्रकाशित: ७ भदौ २०८३ ११:०५ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast