फाइल तस्बिर
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउने विषयलाई लिएर इरानलाई कडा चुनौती दिएका छन्।
ट्रम्पले स्ट्रेट अफ होर्मुज चाँडै नखोलिए इरानमाथि कडा आक्रमण गर्ने चेतावनी दिएका हुन्। ‘फक्स न्युज’ सँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
सम्झौता हुन सक्ने आशाका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन हप्ताकै तल्लो विन्दुमा झरेको बेला ट्रम्पको टिप्पणी सार्वजनिक भएको हो।
यसैबीच अमेरिकी सेन्ट्रल कमान्डले भने होर्मुज हुँदै जाने दिक्षणी मार्ग अन्तर्राष्ट्रिय जलमार्गबाट आवतजावत गर्ने सबै व्यावसायिक जहाजहरूका लागि खुला भइसकेको बताएको छ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबिया र अर्थमन्त्री स्कट बेसेन्टले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका थिए। उनीहरूले यसै हप्तादेखि तेल तथा अन्य आवश्यक सामग्रीहरूको समुद्री ओसारपोसर पनुः सञ्चालन हुन सक्ने आशा व्यक्त गरेको बीबीसीले जनाएको छ।


