नेप्से सामान्य बढ्दा साढे ३ अर्बको सेयर कारोबार

हिमाल प्रेस २७ साउन २०८३ १६:२८ | Wednesday, August 12, 2026
10
SHARES
नेप्से सामान्य बढ्दा साढे ३ अर्बको सेयर कारोबार

काठमाडौँ- सेयर बजार बुधबार सामान्य बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.५५ अंकले उकालो लाग्दा बजारमा ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये १०२ वटा सेयरको मूल्य बढेको छ भने १६५ वटा कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। त्यसबाहेक बढ्ने कम्पनीका सेयर मूल्य अधिकतम ५.४८ प्रतिशतसम्म उकालो लागेका छन्।

आईसीएफसी फाइनान्सको ऋणपत्रको मूल्य १५ प्रतिशतले घटेको छ। अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य पनि १४.९८ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी अगाडि रह्यो। कम्पनीको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

वाणिज्य बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी र सामूहिक लगानी कोष समूहका सूचक बढेका छन्। बाँकी समूहका सूचक भने घटेका छन्।

प्रकाशित: २७ साउन २०८३ १६:२८ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast