गरिमा चौधरीका आमाबुबाको भिडियो गृह मन्त्रालयमा खिचिएकोप्रति रास्वपा महामन्त्रीको आपत्ति

हिमाल प्रेस ८ भदौ २०८३ १३:४६ | Monday, August 24, 2026
गरिमा चौधरीका आमाबुबाको भिडियो गृह मन्त्रालयमा खिचिएकोप्रति रास्वपा महामन्त्रीको आपत्ति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गरिमा चौधरीका आमाबुबाको भिडियो गृह मन्त्रालयमा खिचिएकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन्।

उनले भने,‘गरिमा हत्याकाण्डको बारेमा जे भयो त्यसका बारेमा धेरै बोलिन। तर हामी सबै जनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं? जहाँ मृतकको बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ। र,कहीँ मेडिकल गर्दै गर्दा एउटा अक्युज्ड (आरोपित) ले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।’

प्रकाशित: ८ भदौ २०८३ १३:४६ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast