प्रियंका कार्कीको ‘मास्टर्नी’ १६ वर्षमुनिकाले हेर्न नपाउने

हिमाल प्रेस ३ भदौ २०८३ १३:३९ | Wednesday, August 19, 2026
8
SHARES
प्रियंका कार्कीको ‘मास्टर्नी’ १६ वर्षमुनिकाले हेर्न नपाउने

काठमाडौँ- अभिनेत्री प्रियंका कार्कीले लेखन तथा अभिनय रहेको फिल्म ‘मास्टर्नी’ १६ वर्षमुनिका दर्शकले मात्रै फिल्म हेर्न नपाउने भएका छन्। केन्द्रीय चलचित्र जाँच समितिले १६ वर्षमाथिका दर्शकले मात्रै फिल्म हेर्न पाउने अधिकार दिएको छ। यो फिल्मको यसअघिको ‘मास्टर्नी’ गीत पनि विवादित बनेको थियो। ‘मास्टर्नी’ शब्दको अनर्थ लगाएको भन्दै आलोचना पछि युट्युबबाट हटाइएको थियो।

भदौ ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला गरिएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित अन्य केही मल्टिप्लेक्समा पनि फिल्मको शो खुला गरिएको छ ।

रिलिजको तीन दिनअघि नै शो खुला गरिएको ‘मास्टर्नी’को शो संख्या भोलिसम्म क्रमशः बढ्दै जाने वितरक रोहित कट्टेलले बताएका छन् । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘ए’ श्रेणीमा वर्गीकरण गरेको छ । अर्थात् १६ वर्षमाथिका दर्शकले मात्रै फिल्म हेर्न पाउनेछन् ।

सुवेन्दु घोषको निर्देशनमा बनेको फिल्ममा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दीपकराज गिरी, दीपाश्री निरौला, अनुपविक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी रहेको छ ।

 

प्रकाशित: ३ भदौ २०८३ १३:३९ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast