प्रियंका कार्कीले बनाएको ‘मास्टर्नी’ फ्लप

हिमाल प्रेस १६ भदौ २०८३ ७:२२ | Tuesday, September 1, 2026
प्रियंका कार्कीले बनाएको ‘मास्टर्नी’ फ्लप

काठमाडौँ- अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘मास्टर्नी’ले बक्सअफिसमा ३९ लाख रुपैयाँभन्दा बढीको व्यवसाय गरेको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको प्रदर्शनरत नेपाली फिल्मको बक्सअफिस रिपोर्टअनुसार ‘मास्टर्नी’ले ३९ लाख ५२ हजार ८५९ रुपैयाँ ग्रस कलेक्सन गरेको हो। यस अवधिमा फिल्मलाई ११ हजार ९९६ जना दर्शकले हेरेका छन्।

प्रियंका कार्की, सिम्रन खड्का र प्रमोद अग्रहरिको मुख्य भूमिका रहेको फिल्मलाई बंगाली निर्देशक सुवेन्धू घोषले निर्देशन गरेका हुन्। यस्तै, फिल्म ‘हली’ले आइतबारसम्म २३ लाख ११ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मलाई ८ हजार ४६३ दर्शकले हेरेका छन्।

ओम प्रतीक निर्देशित ‘हली’मा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायतको अभिनय छ।

त्यसैगरी, फिल्म ‘लज्जावती’ ले ७ लाख ७५ हजार ४७० रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मलाई हालसम्म २ हजार ७३५ दर्शकले हेरेका छन्।

प्रकाशित: १६ भदौ २०८३ ७:२२ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast