फिल्म ‘खोज तलास’को पोस्टर न्युयोर्कमा सार्वजनिक

हिमाल प्रेस ६ भदौ २०८३ ८:३२ | Saturday, August 22, 2026
फिल्म ‘खोज तलास’को पोस्टर न्युयोर्कमा सार्वजनिक

काठमाडौँ- यल्लि वूड फिल्म्स प्रालिले निर्माण गरेको फिल्म ‘खोज तलास’को पोस्टर सार्वजनिक भएको छ। अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा स्टेट मेम्बर स्टेबिन रागा फिल्म निर्देशक किशोर सुब्बा, व्यावसायी र समाजसेवी केशवराम राई, नृत्य निर्देशक गोविन्द राई, आदिवासि जनजाति महासङघ अमेरिकाका महासचिव सुमन थाम्सुहाङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरन लिम्बु, नेपाली कलाकार सङघ अमेरिकाको अध्यक्ष बसन्ती राईले एकसाथ पोस्टर सार्वजनिक गरेका हुन् ।

फिल्ममा दिनेश लिङ्देनको कथा र निर्देशन छ । निर्देशक लिङ्देनले फिल्मले देशको वर्तमान राजनीति तथा विविध सामाजिक घटनाका कथालाई उठान गरेको बताए ।
फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली लिम्बु, राजकुमार शाह, शैलेन्द्र नाल्बो, बिमला खजुम, शर्मिला शर्मा, रोहन सेन्चुरी, पुर्ण सेलिङ, पुजा गिरि,यासेलि योङ्हाङ, सागर केरुङ, दिलिप योङ्हाङ, राजु घिमिरे, तेज मेन्याङ्बो, बिमल ढुङ्गेललगायतका कलाकारको अभिनय छ।

शैलेन्ँद्र नाल्बो निर्माता रहेको फिल्ममा बिकास चौधरीको संगीत, राजेशपायल राई, मेचु धिमाल, सुबास राईको स्वर, कुमार महर्जनको द्वन्द्व, कमल राईको नृत्य र हेमन योन्जनको छायांकन रहेको छ । निर्देशक दिनेशका अनुसार फिल्मको चाडै नै युकेमा प्रिमियर शो हुदैछ । जसका लागि निर्माता शैलेन्द्र नाल्बो युके पुगिसकेका छन् । नेपालमा भने यो फिल्म फागुनमा रिलिज हुने र रिलिजको मिति भने चाँडै सार्वजनिक गरिने निर्माण पक्षको भनाई छ ।

प्रकाशित: ६ भदौ २०८३ ८:३२ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast