एक करोड ५८ लाख जरिवाना ठहर भएका एक पक्राउ

हिमाल प्रेस २९ साउन २०८३ ५:५६ | Friday, August 14, 2026
6
SHARES
एक करोड ५८ लाख जरिवाना ठहर भएका एक पक्राउ
काठमाडौँ- बैंकिङ कसुरमा रु एक करोड ५८ लाख ५४ हजार ६३० जरिवाना ठहर भई फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार सिन्धुपाल्चोक घर भई ललितपुरको बालकुमारी बस्ने ३३ वर्षीय गणेश भण्डारीलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतले विभिन्न १० वटा बैंकिङ कसुरका मुद्दा र दुईवटा चेक अनादर मुद्दामा दोषी ठहर गरेको आरोपमा पक्राउ गरिएको हो।

अदालतले भण्डारीलाई १६ दिन कैद र कुल रु एक करोड ५८ लाख ५४ हजार जरिवानाको फैसला सुनाएको थियो। भण्डारीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रकाशित: २९ साउन २०८३ ५:५६ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast