विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिइन्छ : मन्त्री श्रेष्ठ

हिमाल प्रेस १ भदौ २०८३ १५:३७ | Monday, August 17, 2026
2
SHARE
विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिइन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिइने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित नेपाल विद्युत् प्राधिकरणको वार्षिकोत्सव समारोहमा मन्त्री श्रेष्ठले आगामी वर्षदेखि भरपर्दो, गुणस्तरीय र अविच्छिन्न विद्युत् सेवा प्रवाहका लागि वितरण प्रणालीको आधुनिकीकरण, स्मार्ट प्रणाली, चुहावट नियन्त्रण र डिजिटल प्रविधिको विस्तारलाई प्राथमिकता दिइने बताएका हुन्।

उनले ऊर्जा क्षेत्रमा पूर्वाधार निर्माणका लागि ठूलो पुँजी आवश्यक भएकाले निजी क्षेत्र, वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न नीतिगत स्थिरता कायम गरिने उल्लेख गरे।

जलविद्युत् क्षेत्रमा लामो समयदेखि देखिएको लाइसेन्स होल्ड गर्ने प्रवृति अन्त्य गरी निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी प्रणाली स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ। मन्त्री श्रेष्ठले विद्युत् अर्थतन्त्रको
मेरुदण्डमात्र नभई सामाजिक न्याय र मानवीयताको आधारसमेत बनेकाले उपभोक्तालाई सुलभ दरमा विद्युत् उपलब्ध गराउनुपर्ने दायित्व भएकाले मन्त्रालय यसतर्फ सजक रहेको धारणा राखे।

प्राधिकरणको सफलता मेगावाट, प्रसारण लाइन वा आम्दानीमा मात्र नभई कर्मचारीको इमानदारी, व्यावसायिकता र सेवाभावमा निर्भर रहने भएकाले संस्थागत सुशासन र वित्तीय अनुशासनमा जोड दिए। उनले रणको पुनर्संरचना कसैको अस्तित्व कमजोर पार्न नभई समग्र ऊर्जा क्षेत्रलाई प्रतिस्पर्धी बनाउन गरिएको स्पष्ट पारे।

आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत् बिक्री र अन्य आम्दानीबाट कुल आम्दानी १ खर्ब ६६ अर्ब रुपैयाँ प्राप्त गरेको छ।

प्रकाशित: १ भदौ २०८३ १५:३७ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast