‘निर्मल पुर्जाको भौतिक यात्रा रोकिए पनि साहस र समर्पण प्रेरणायुक्त रहनेछ’

हिमाल प्रेस १६ साउन २०८३ १७:२८ | Saturday, August 1, 2026
12
SHARES
‘निर्मल पुर्जाको भौतिक यात्रा रोकिए पनि साहस र समर्पण प्रेरणायुक्त रहनेछ’ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले हिमाल विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ नेपाली तथा चार विदेशी आरोहीहरूको निधनप्रति दुःख व्यक्त गरेका छन्।

पुर्जा संस्थापक रहेको संस्था ‘इलाइट एक्सपेड’ ले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जनाएको हो।

पाकिस्तानको ‘ब्रोड पिक’ हिमालको हिमपहिरोमा परी उनीसहित १० जना बेपत्ता भएका थिए। बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। चार जनाको शव शुक्रबार फेला परेको थियो।

पाकिस्तानको कराकोरम हिमशृंखलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार हिमपहिरो गएको थियो।

प्रधानमन्त्री शाहले निर्मल पुर्जालगायतका आरोहीहरूको भौतिक यात्रा रोकिए पनि साहस, समर्पण र योगदान सधैँ प्रेरणायुक्त रहने बताएका छन्।

‘निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

हिमालले धेरैलाई शिखरको गौरव दिने र कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने गरेको उनले उल्लेख गरेका छन्।

‘हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ। तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन्,’ शाहले भनेका छन्।

प्रकाशित: १६ साउन २०८३ १७:२८ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast