नेप्से परिसूचक सामान्य अंकले घट्यो

हिमाल प्रेस १ भदौ २०८३ १६:५६ | Monday, August 17, 2026
2
SHARE
नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव शून्य एक अंकले घटेर दुई हजार ६४१ दशमलव ८२ मा पुगेको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य आठ अंकले घटेर ४६३ दशमलव ६४ मा पुगेको छ। फ्लोट सूचक शून्य दशमलव ४७ अंकले घटेर १८१ दशमलव २८ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ४९ अंकले घटेर १५६ दशमलव ६४ मा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर पाँच अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ मूल्यमा खरिद बिक्री भएको छ।

आज १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्य बढेको छ भने आठ उपसमूहको मूल्य घटेको छ।

त्यस्तै आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घट्नुका साथै पाँच कम्पनी स्थिर रहेका छन्। नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी, रिलाइन्स स्पिनिङ मिल्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन्।

त्यसैगरी फष्ट माइक्रोफाइनान्स लघुवित्त, महिला लघुवित्त, खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: १ भदौ २०८३ १६:५६ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast