नेप्से परिसूचक झिनो अंकले बढ्यो

हिमाल प्रेस २६ साउन २०८३ १७:३५ | Tuesday, August 11, 2026
2
SHARE
नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशलमव ७९ अंकले बढेर दुई हजार ६४१ दशमलव ८५ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८५ अंकले बढेर चार सय ६२ दशमलव २२ मा पुगेको छ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव १७ अंकले बढेर १८१ दशमलव ३५ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अंकले बढेर १५६ दशमलव ४७ मा पुगेको छ।

मंगलबार विभिन्न कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर रु चार अर्ब ११ करोड नौ लाख ७४ हजार ६७४ मूल्यमा खरिद बिक्री भएको छ।

मंगलबार १३ उपसमूहमध्ये छ उपसमूह बढ्यो भने सात उपसमूह घट्यो। आज १३४ कम्पनीको सेयर बढ्यो भने १२१ कम्पनीको सेयर घट्यो।

त्यसैगरी २० कम्पनीको सेयरस्थिर रह्यो। नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर,आरबिबि डिबेञ्चर, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले कमाएका छन्।

त्यस्तै गरी महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, प्राइम डिबेञ्चर सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: २६ साउन २०८३ १७:३५ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast