कांग्रेसद्वारा विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन

हिमाल प्रेस १८ साउन २०८३ २०:१९ | Monday, August 3, 2026
8
SHARES
कांग्रेसद्वारा विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन

काठमाडौँ- नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन गरेको छ।

पार्टी कार्यालय सानेपामा तीन दिनसम्म चलेको पूर्वतयारी र प्रतिकार्य प्रशिक्षणको समापनका अवसरमा उपसभापति विश्वप्रकाश शर्माले रणनीतिक परिचालन टोली गठनको घोषणा गरेका हुन्।

टोलीमा प्रशिक्षणमा सहभागी ४० युवा रहेका छन्। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको समापन गर्दै प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति शर्माले यो तीन दिनको अवधिलाई शुरुवात मानेर विपद्मा परेका मानिसको जीवन बचाउन अबको लामो यात्रा प्रारम्भ भएको मानेर काम गर्न सहभागीहरुलाई आग्रह गरे।

नेपाली कांग्रेस पार्टीले देशभर यस्ता एक हजार जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको पनि उनले जानकारी गराए।

कांग्रेस समाज र राष्ट्रलाई जिताउन, विपद्मा परेकाहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ। प्रशिक्षणमा संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय रेडक्रसमा काम गरेका विज्ञहरुले प्रशिक्षण दिएका थिए।

प्रकाशित: १८ साउन २०८३ २०:१९ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast