कक्षाकोठामा मन्त्री, भन्छन्- गुणस्तर सुधारलाई प्राथमिकता दिन्छौँ

हिमाल प्रेस ८ भदौ २०८३ १३:३७ | Monday, August 24, 2026
कक्षाकोठामा मन्त्री, भन्छन्- गुणस्तर सुधारलाई प्राथमिकता दिन्छौँ

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

काठमाडौँका विभिन्न सामुदायिक विद्यालयको स्थलगत अवलोकनपछि मन्त्री पोखरेलले विद्यालयको वास्तविक अवस्था बुझेर प्राप्त सुझावलाई शिक्षा सुधारसम्बन्धी नीति तथा कार्यक्रममा समेटिने उनको भनाइ छ।

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक नीतिगत र व्यावहारिक पहल गरिने बताए।

मन्त्री पोखरेलले राम आधारभूत स्कुल, मदन आश्रित आदर्श माध्यमिक विद्यालय, बाल विकास आधारभूत स्कुल र गणेश माध्यमिक विद्यालयको स्थलगत अवलोकन गरेका थिए।

अवलोकनका क्रममा उनले विद्यालयको शैक्षिक अवस्था, पठनपाठन, व्यवस्थापन, पूर्वाधार तथा विद्यार्थीका समस्या र आवश्यकताबारे जानकारी लिएका थिए।

उनले प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै विद्यालयमा रहेका समस्या, चुनौती र सुधारका सम्भावित उपायबारे समेत जानकारी लिएका थिए।

प्रकाशित: ८ भदौ २०८३ १३:३७ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast