बाढीग्रस्त क्षेत्रका अलपत्र यात्रु उद्धार गर्न काठमाडौँ महानगरको नि:शुल्क बस सेवा

हिमाल प्रेस १३ भदौ २०८३ १३:४२ | Saturday, August 29, 2026
बाढीग्रस्त क्षेत्रका अलपत्र यात्रु उद्धार गर्न काठमाडौँ महानगरको नि:शुल्क बस सेवा

काठमाडौँ- रसुवा बाढीका कारण सडकमै अलपत्र परेकाको उद्धारका लागि काठमाडौँ महानगरले निःशुल्क बस सेवा थालेको छ। महानगरका अनुसार शुक्रबार १९ जना यात्रुको उद्धार महानगरले निःशुल्क सुरु गरेको हो। सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको थियो।

आजबाट २ वटा सवारी साधनबाट सेवा सञ्चालन गरिएको छ । २ वटामध्ये रसुवादेखि काठमाडौँ चलाउन १९ सिटे ००६ ख ९३३९ नम्बरको बस सन्चालनमा ल्याएको छ। अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको १० जना यात्रु अट्टाउने बस सन्चालनमा ल्याएको छ।

निःशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्नका लागि सवारी साधनको अगाडि र पछाडि व्यानर राखिएको छ। यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ । यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाडीको संख्या बढाउने महानगरपालिकाको योजना छ ।

सवारी साधनमा परिचालन गरिएका जनशक्तिलाई विपद व्यवस्थापनमा प्रोत्साहित गर्न आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नविन मानन्धर, विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा सभा गृहमा आएका थिए।

प्रकाशित: १३ भदौ २०८३ १३:४२ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast