बाढीमा फसेकाहरूको उद्धारका लागि भारतको उद्धार टोली नेपालमा

हिमाल प्रेस १३ भदौ २०८३ १२:२९ | Saturday, August 29, 2026
बाढीमा फसेकाहरूको उद्धारका लागि भारतको उद्धार टोली नेपालमा

काठमाडौँ- भोटेकोसी बाढीमा फसेकाहरूको उद्धारका लागि देश भारतबाट टनेल उद्धारको विशेषज्ञ टोली नेपाल आएको छ ।

नेपाल सरकारको अनुरोधमा भारतीय टोली उद्धारका लागि नेपाल आएको तथा चिनियाँ टोली पनि नेपाल ओर्लिने क्रममा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

गत बुधबार भोटेकोसीमा नदीमा आएको बाढीका कारण हजारौँ मानिस फसेका छन् । नेपालका सुरक्षाकर्मीले उद्धार अभियानलाई निरन्तरता दिइरहेका बेला अब छिमेकी दुई देशका टोली पनि सघाउनेछन् ।

दुवै देशबाट आउने टोलीसँग टनेलमा उद्धार गर्ने अनुभव र विशेषज्ञा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित: १३ भदौ २०८३ १२:२९ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast