भोटेकोशी नदीमा बाढी भीषण, हिमताल फुटेको हो?

हिमाल प्रेस १० भदौ २०८३ ९:५२ | Wednesday, August 26, 2026
भोटेकोशी नदीमा बाढी भीषण, हिमताल फुटेको हो?

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा भीषण बाढी आएको छ। तिब्बतबाट आएको बाढीले नेपाली क्षेत्रमा निरन्तर प्रभाव पारिरहेको छ। बहाब उच्च रहेकाले चितवनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना गरेको छ।

रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न हुन प्रशासनले अनुरोध गरेको हो। स्थानीयका अनुसार बाढी हेर्दा हिमपात फुटेको आशंका छ। यद्यपि पुष्टि भने भएको छैन।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बुधबार बिहान साढे ९ बजेतिर सूचना जारी गरी भनेको छ, जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोसी नदीमा बाढी-पानीको बहाब उच्च रहेकोले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्नु हुन अनुरोध गरिन्छ।’

भोटेकोशी नदी पवित्र गोसाइँकुण्डबाट उत्पत्ति हुने घट्टेखोलासँग धुन्चे नजिक मिसिएर त्रिशूली नदी बन्छ। त्रिशूली नारायणी नदीको प्रमुख सहायक नदीमध्ये एक हो। भारत प्रवेश गरेपछि यसलाई गण्डक नदीका रूपमा चिनिन्छ र यो गंगा नदीका प्रमुख सहायक नदीमध्ये एक हो।

 

 

प्रकाशित: १० भदौ २०८३ ९:५२ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast