काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावित ८८ जनाको नेपाली सेनाले हवाई उद्धार गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउँदै हेलिकोप्टरमार्फत ८८ जनालाई सुरक्षित स्थानमा सारिएको हो।
तिब्बततर्फबाट आएको बाढीले रसुवाको भोटेकोशी आसपासका क्षेत्रमा क्षति पुर्याएपछि सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा उद्धार कार्यमा खटिएका छन्।
सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तर जारी राखिएको र आवश्यकताअनुसार थप जनशक्ति तथा स्रोतसाधन परिचालन गरिएको जनाएको छ।
प्रकाशित: १० भदौ २०८३ १६:१३ | Wednesday, August 26, 2026
प्रतिक्रिया


