प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

हिमाल प्रेस २ भदौ २०८३ १६:०१ | Tuesday, August 18, 2026
2
SHARE
प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग मंगलबार सिंहदरबारमा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठसँग। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।

प्रधान नापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने भ्रमणका क्रममा सेनाध्यक्ष सेठ आइतबार काठमाडौँ आएका हुन्। भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न  प्रदान गर्ने परम्परा रहँदै आएको छ। यसअघि सोमबार नै प्रधान सेनापति सिग्देल र भारतीय सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast