बढ्यो पेट्रोलको मूल्य

हिमाल प्रेस १७ साउन २०८३ २२:३६ | Sunday, August 2, 2026
14
SHARES
बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढाएर आएपछि निगमले इन्धनको मूल्य समायोजन गरेको हो।

निगमले पेट्रोलमा प्रतिलिटर ३, डिजेल÷मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि भएको जनाएको छ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २० र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढाइएको छ भने अन्तर्राष्ट्रिय पोखरा र भैरहवाको लागि ब्रेकइभेन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ।

नयाँ मूल्य मध्यराति देखि लागू हुने निगमले जनाएको छ।

प्रकाशित: १७ साउन २०८३ २२:३६ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast