नेप्सेमा सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

हिमाल प्रेस २० साउन २०८३ १६:३२ | Wednesday, August 5, 2026
नेप्सेमा सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार सेयर बजार

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७९ अंकले बढेर दुई हजार ६६७ दशमलव ९७ बिन्दुमा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६० अंकले बढेर ४६७ दशमलव ३६ बिन्दुमा पुगेको छ।

यसैगरी, फ्लोट परिसूचक शून्य दशमलव ०३ अंकले घटेर १८३ दशमलव २९ बिन्दुमा झरेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ३० अंकले घटेर १५८ दशमलव २६ बिन्दुमा सीमित भएको छ।

आज विभिन्न कम्पनीका एक करोड ६७ हजार ७३२ कित्ता सेयर रु चार अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ मा खरिदबिक्री भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।

आज एक सय २२ कम्पनीको सेयर मूल्य बढेको, एक सय ४३ कम्पनीको घटेको तथा ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

आज सोलु हाइड्रोपावर लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।

त्यसैगरी, एभरेष्ट कलर लिमिटेड, कामना सेवा विकास बैंक डिबेञ्चर र मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

प्रकाशित: २० साउन २०८३ १६:३२ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast